-याफ्टिङका क्रममा सुनकोसीमा खसेर एकको मृत्यु

सिन्धुपाल्चोक, असोज १७ । -याफ्टिङका क्रममा सुनकोसीमा खसेर एक जनाको मृत्यु भएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–४ का २२ वर्षीय साजन खड्काको आज मृत्यु भएको हो ।
सुनकोसी नदीको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित डुम्रे खण्डमा उनी डुङ्गाबाट नदीमा खस्नुभएको थियो । नदीमा खसेर बेपत्ता भएका उनको दुई घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
शनिबार सुकुटेबीच रिसोर्टमा बास बस्नुभएका उहाँ रिसोर्टबाट ‘चेकआउट’ भई स्प्लास नेपाल एड्भेञ्चर कम्पनीबाट -याफ्टिङमा जानुभएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८ २०:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय