काठमाडौँ, असोज १८ । नेपाल प्रहरीका पूर्वडिआईजी तथा नेकपा एमालेका नेता नवराज सिलवालले नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले आफूविरुद्ध गलत प्रमाण पेस गरेको बताउनु भएको छ ।
पूर्वडिआईजी सिलवालले पूर्वराजदूत रञ्जित रेसँग आफूले कहिल्यै नभेटेको बताउनु भएको छ। अफिसियल मिटिङ र समारोहभन्दा वाहेक व्यक्तिगत विषयलाई लिएर आफूले कहिल्यै नभेटेको उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत स्पष्ट पार्न भएको छ ।
पूर्वभारतीय राजदूत रन्जित रेको किताब, काठमाडौं डिलेमा रिसेटिङ इन्डियानेपाल टाइजु मा गलत तथ्य उल्लेख भएकोमा दु ख व्यक्त गर्न चाहन्छु । अफिसियल मिटिङ र समारोह वाहेक व्यक्तिगत विषयलाई लिएर मैले भारतीय राजदूतलाई कहिल्यै नभेटेको तथ्य सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु’, उहाँले ट्वीटमार्फत् भन्नु भएको छ ।
रेको नयाँ पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) केपी शर्मा ओली , कांग्रेस उपभासपति विमलेन्द्र निधि लगायतका विभिन्न व्यक्तित्वहरुको चर्चा गरिएको छ ।
यसअघि कांग्रेस उपभासपति विमलेन्द्र निधिले पनि आफू गृहमन्त्री हुँदा तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई आईजीपी बनाउने भन्नेबारे कुनै राय नमागेको बताउनु भएको छ।
पूर्वडिआईजीको विषयमा भने इकान्तिपुरले समाचार प्रकाशन गरेको थियो ।