Kath Khabar
भाडा संयोजन नभएको भन्दै बस व्यवसायी हड्तालमा, चक्रपथ भित्र र बाहिर बस सेवा ठप्प

काठमाडौं, असोज १८ । पेट्रोलियम पदार्थको मुल्य बढ्दा पनि भाडा समायोजन नभएको भन्दै सार्वजनिक बस व्यवसायी हड्तालमा उत्रिएका छन्। व्यसायीहरु पेट्रोलियम पदार्थको मुल्य बढेको अवस्थामा भाडा पनि बढ्नुपर्ने माग गर्दै  हड्तालमा उत्रिनु भएको हो ।

सोमवार बौद्धदेखि चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायत बस व्यवसायी आन्दोलनमा छन्। तेलको मुल्य ८० रुपैयाँबाट ११३ पुग्दा पनि १५ रुपैयाँ नै भाडा कायम रहेकोले आन्दोलन गर्नुपर्ने अवस्था आएको व्यवसयीहरुको भनाई छ ।


बस व्यवसायी हड्तालमा उत्रिएपछि अहिले चक्रपथ, भक्तपुर चल्ने बसहरु ठप्प भएका छन्। बस ठप्प भएपछि यात्रुहरु भने अलपत्र परेका छन्।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update