Kath Khabar
काठमाडौं उपत्यका सहित कर्णाली र सुदुरपश्चिम प्रदेशमा वर्षा हुने

काठमाडौं, असोज १९ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । महाशाखाले बदलीका कारण दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको  छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २.९ मिलिमिटर तथा सबैभन्दा बढी ओखलढुङगामा २९ मिलिमिटर पानी परेको छ ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव हाल नेपालमा परेको छ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update