Kath Khabar
श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लियो

काठमाडौं, असोज १९ । काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ ।

जहाजको पछाडिको चक्का चिप्लिएर घाँसे मैदानमा पुगेको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।

‘अल्फा नोभेम्बर फोस्टर’ कलसाईन भएको जहाजको पछाडिको चक्का घाँसे मैदानमा ओभरल्याप भएको छ । उक्त जहाजमा ​ ७६ जना यात्रु नेपालगञ्ज जान लाग्नु भएको थियो । विमानमा चालक दलका चार सदस्य रहेको थिए ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update