Kath Khabar
काठमाडौंबाट सुर्खेत उडेको बुद्धएयर नेपालगन्ज पुगेर अवतरण
बुद्धएयर

काठमाडौं, असोज २० ।  काठमाडौंबाट सुर्खेत उडेको बुद्धएयर नेपालगन्ज पुगेर अवतरण गरेको छ । कुहिरोको कारण काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरकको यु ४–१३३ नम्बरको विमान तीन फन्को घुमेर नेपालगञ्ज पुगेर अवतरण गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चालकदलसहित ४८ जना लिएर सुर्खेत विमानस्थलका लागि उडेको विमान कुहिरोका कारण सुर्खेतमा अवतरण गर्न नसकेको हो।   विमान बिहान ८ बजे उडेको थियो ।

सवा ९ बजे सुर्खेत पुगेको विमान कुहिरोकै कारण ‘मिस एप्रोच’ भएपछि तीन फन्को घुमेको थियो। तीन फन्को घुम्दा पनि अवतरण हुन नसकेपछि विमान नेपालगन्ज पुगेर अवतरण गरेको बुद्ध एयरले जानकारी दिएको छ ।

विमानस्थलका अनुसार कहिलेकही मिस एप्रोच हुँदा जहाजले टर्निङ प्वाइन्ट मिलाएर अवतरण गर्नुपर्ने हुनाले जहाज घुम्ने गर्छ। सुर्खेतमा भने कुहिरोका कारण अवतरणमा समस्या भएको बताइएको छ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update