Kath Khabar
बुटवलको मोतीपुरमा कर्फ्यु कायमै, सुरक्षा समन्वय समितिको बैठक बस्दै

बुटवल, असोज २५ । बुटवलको मोतीपुरमा आइतबार दिउँसो देखि लगाइएको कर्फ्यु अहिले पनि जारी छ । रुपन्देहीको बुटवलअन्तर्गत मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो दिउँसो चार बजेदेखि मोतीपुरमा कर्फ्यु लगाएको हो ।

त्यहाँको अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज सुरक्षा समन्वय समितिको बैठक बस्दैछ ।

आइतबार  भएको झडपमा मत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिनुभयो । झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरेर ४९ जना सुरक्षाकर्मी घाइते हुनु भएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update