Kath Khabar
जग्गा खरिद विक्री गर्दा जान्नैपर्ने हालसाबिक, विस्तृतमा

काठमाडौं, असोज २५ । जग्गा किन्ने जो कोहिले हालसाविकको बारेमा बुझनु अति नै आवश्यक छ । हालसाविको बारेमा बुझेपछि मात्र तपाईले जग्गा खरिद गर्न सहज हुनेछ । हालसाविकको विषयमा अज्ञान भई जग्गा खरिद गर्दा तपाईलाई झन्झट व्यहोर्नु पर्ने हुन्छ । त्यसैलले बिक्रीकर्ता र खरिदकर्ता दुवैले हालसाविकको विषयमा जान्नु अत्यन्त आवश्यक छ ।

हालसाबिकलाई बुझनुहुोस्

सामान्यतयाः हालसाबिक भनेको नयाँ नापी भइसकेपछि पुरानो श्रेस्तालाई खारेज गरेर नयाँ नापी अनुसारको श्रेस्ता कायम गर्नु हो । श्रेस्ता भनेको सम्बन्धित मालपोत कार्यालयमा रहेको जग्गाको दर्ता प्रमाणको रेकर्ड (अभिलेख) भन्ने बुझिन्छ । नापी विभागका अनुसार नयाँ श्रेस्ता कायम भइसकेपछि सम्बन्धित मालपोत कार्यालयमा गएर पुरानो श्रेस्ता खारेज गरी नयाँ श्रेस्तालाई अद्यावधिक गर्नुपर्छ ।

जग्गाधनीसँग लालपुर्जा हुन्छ भने सोहि सम्पत्तीको अभिलेख मालपोत कार्यालयमा हुन्छ । यदि पुरानो नापी अनुसारको श्रेस्ता मालपोत कार्यालयमा रहेको छ भने हालसाबिक गरिसकेपछि त्यही अनुसारको नयाँ श्रेस्ता कायम गरी नयाँ लालपुर्जा लिनुपर्ने हुन्छ । पुरानो नापी भएको ठाउँमा मात्र हालसाबिक गर्नुपर्छ, नयाँ नापी भएको ठाउँमा हालसाबिक गरिरहनु जरुरी हुँदैन ।

 हालसाबिक गर्नुपर्ने प्रक्रिया  

नेपालमा नापजाँच ऐन २०१९ बमोजिम वि.स २०२१ मा पहिलो पटक जग्गाहरुको नापी गर्ने कार्यको शुरुवात भएको हो । त्यतिबेला आवाद क्षेत्रको मात्रै जग्गा नापजाँच गर्ने भन्‍ने म्यान्डेट नापी विभागलाई थियो । त्यो समयमा नापजाँच गर्ने जनशक्ति, नापजाँचको प्रविधि, यन्त्र–उपकरण, जनशक्तिको प्राविधिक ज्ञान पनि कम थियो।  

२०२१ मा हदबन्दी समेत तोकेर भूमिसम्बन्धी ऐन लागू भयो। कसको नाममा कति जग्गा छ भन्‍ने प्रारम्भिक तथ्याङ्क पनि थिएन । त्यतिखेर नापजाँचको उद्देश्य पूर्ण नापजाँच विवरण सङ्कलन गर्नेभन्दा पनि जग्गाको तथ्याङ्क निकाल्नु रहेको पाईन्छ । त्यसयता धेरै भौतिक संरचनाहरु निर्माण भएका छन । जग्गाको नयाँ जनकारीको पूर्ण  राख्‍नको लागि नयाँ नापी आवश्यक भएकोले हरेक २० वर्षमा नयाँ नापी गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । २०२१ सालमा नापी तथा जग्गाको विषयमा बुझेका नागरिकले नापी विभागलाई आफनो जग्गाको तथ्यांक दिए पनि धेरैले दिनु भएको छैन । यस्तै जग्गाको नापी गर्न गएका सरकारी अधिकारीहरुले समेत जग्गाधनीहरुको जग्गा नापी नगरिदिएको पाईन्छ । यो समस्या काठमाडौंमा उपत्यकामा झनै ठूलो रहेको छ ।

यसरी गरिन्छ हालसाबिक

खुला क्षेत्रमा समयसँगै घर, भवनहरु निर्माण हुने भएकोले कति जग्गा खाली छ भनेर पत्ता लगाउनको लागि पनि नयाँ नापीको आवश्यकता रहेको हो । खाली जग्गाको नाप नक्शा यकिन गरी त्यस अनुसारको श्रेस्ता तयार हुन्छ । त्यसलाई फिल्डबुक भनिन्छ । नापीको महत्वपूर्ण कागजात मध्ये फिल्डबुक पनि एउटा हो ।  कानून अनुसार जग्गाको नापजाँच गर्न फिल्डमा जाँदा जे छ जमिनको हालको अवस्था, जे–जे देखाइयो त्यो हुबहु टिपोट गरेर नक्साङ्कन गर्ने भन्‍ने प्रावधान राखेको छ, तर यसरी गरिएको नक्साङ्कन नै अन्तिम भने मानिदैन ।  

सम्बन्धित सरोकारवालाहरू जस्तै जग्गाधनी, सम्बन्धित वडाका प्रतिनिधि, साँध–सँधियार आदिको उपस्थितिमा कुनै निश्‍चित वडाको नयाँ नापजाँच गरिसकेपछि सम्बन्धित नापी कार्यालयले हामीले यो÷यो क्षेत्रमा नापजाँच गर्दा यस्ता(यस्ता  विवरण  आएको छ, यो–यो कित्ता नम्बर कायम भयो, चार किल्लाको विवरण यस्तो आयो भनी जानकारी गराइ नयाँ नापजाँचमा कसैको दाबी, गुनासो भए सम्पर्क गर्न ७ दिने सार्वजनिक सूचना प्रकाशित गर्छ। यस समयमा सबन्धित नापी कार्यालयले  नापजाँचमा केही त्रुटी भए नभएको बुझ्‍न उपलब्ध प्रमाणहरू केलाउने काम गर्छ। यही ७ दिनभित्र जग्गधानीहरू आएर कसैको दाबी, विरोध, गुनासो भए नियमानुसार रीतपूर्वक निवेदन दिन सक्नु हुनेछ ।

यदि उक्त समयमा जग्गाका साँध–सँधियारबाट आफ्नो जग्गा समेत अर्काको जग्गाको नापमा परेको केही उजुरी, गुनासो नआए नापजाँच ऐन २०१९ र नियमावली २०५८ मा व्यवस्था भएअनुसार नापी कार्यालयमा सोही नापजाँच विवरण दर्ता गरिन्छ र मालपोतमा जग्गाको नयाँ श्रेस्ता कायम गरिन्छ ।

यसरी दिइन्छ हालसाबिक अनुसारको नयाँ लालपुर्जा

नयाँ नापी गर्दा नाप नक्शा गरीसकेपछि जसको नाममा जग्गा थियो त्यसैको नाममा फिल्डबुक कायम हुन्छ । जग्गा नापजाँच  ऐन र नापीले बनाएको नियमावली, निर्देशिका अनुसार हालसाबिक कार्यान्वयन हुन्छ। मालपोतमा जग्गाको नयाँ श्रेस्ता कायम गरी पुरानो श्रेस्ता खारेज गरिन्छ। एउटै कित्ताको पुनः नापी गरी पुरानो नापी खारेज गर्ने र  पुनः नापीअनुसारको  नयाँ श्रेस्ता लागू गर्ने सम्मका प्रक्रियालाई हालसाबिक भन्‍ने गरिन्छ।

हालसाबिक नभएको जग्गा किनबेच गर्न पाइन्छ कि पाइदैन ?

नापीले मालपोतमा नयाँ श्रेस्ता हस्तान्तरण गरेको  ६० दिनपछि कुनै जग्गाधनीले केही दाबी विरोध नगरेको खण्डमा त्यस क्षेत्रको पुरानो श्रेस्ता खारेज हुन्छ । यदि कुनै जग्गाधनीले ६० दिनभित्रको समयमा केही दाबी विरोध गर्नुपर्ने भएमा, दर्ता गर्न छुटेमा मालपोतमा निवेदन दिन सक्छ ।  फेरी नापजाँचका लागि मालपोतले सम्बन्धित नापी कार्यालयलाई सिफारिस गरिदिन सक्छ । फेरी अघि भनेझैँ प्रक्रियाबाट पुनः नापजाँच गरी नियमानुसार नयाँ श्रेस्ता मालपोतमा पठाएका मितिले ६० दिनपछि पुरानो श्रेस्ता खारेज हुन्छ र नयाँ श्रेस्ता लागू हुन्छ।

अर्थात, अधिकतम १२० (करिब दुई महिना) दिन पूरा भएपछि नापजाँच ऐन, दफा ८ अनुसार स्वतः  नयाँ श्रेस्ता लागू हुन्छ र त्यसपछि पुरानो श्रेस्ताबाट जग्गा खरीद बिक्री  गर्न पाइँदैन । ६०–६० दिन गरेर अधिकतम १२० दिनलाई संक्रमणकालीन समय मान्‍ने हो भने यो समयमा भने पुरानो श्रेस्ताबाटै खरीद–बिक्री गर्न पाइन्छ तर यो समयसीमा सकिएपछि नयाँ श्रेस्ता लागू भएसँगै पुरानोबाट जग्गा कारोबार गर्न कानुनले बन्देज गरेको छ ।

हालसाबिक किन जरुरी छ ?   

नयाँ नापी भएको ठाउँमा यदि कसैले जग्गा किनेको छ र त्यस जग्गाको  हालसाबिक भएको छैन भने हालसाबिक नगरी जग्गाको लिखत पारित गर्ने प्रक्रिया अगाडि बढ्दैन । यदि हालसाविक गरिएको छैन भने पछिल्लो प्रविधिअनुसारको जग्गाको यकिन क्षेत्रफल लिई जग्गाको नक्सा कायम भएको हुँदैन ।

 

 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update