Kath Khabar
आपसी झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु

काठमाडौं, कात्तिक १ । छथर गाउँपालिका–३ ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उहाँकै पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु भएको छ ।

उहाँहरुबीच आफ्नै घरमा झगडा तथा कुटपिट हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते हुनुभएका गोबिन्द बहादुरको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै बेहोस अवस्थामा रहनुभएकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा अस्पताल रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update