Kath Khabar
थानकोटमा ग्याँस ढुवानी गर्ने ट्रक  दुर्घटना
फाईल तस्बिर

काठमाडौं, कार्तिक २ । काठमाडौंको थानकोटमा ग्याँस ढुवानी गर्ने ट्रक  दुर्घटना भएको छ ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ग्याँस ढुवानी गर्ने ट्रक  थानकोट नजिक पिपलामोडमा पल्टेको हो । दुर्घटनाको क्रममा ट्रकमा थुप्रै ग्यास सिलिण्डर रहेको थियो ।

 

सोमबार राति  उक्त दुर्घटना हुदाँ  राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।


बाटो खुलाउने प्रयास भइरहेको ट्राफिक कार्यालय थानकोटले जानकारी दिएको छ । बाटो सञ्चालनमा आउन केही समय लाग्ने भएको छ ।

ट्यांकर दुर्घटना भए सँगै काठमाडौं भित्रिने निजी तथा भाडाका साना सवारीसाधनहरु मकवानपुर, कुलोखनी हुदै काठमाडौं भित्रिएका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update