हुम्लाको खार्पुनाथ घर भत्किँदा एकै परिवारका ६ बेपत्ता
काठमाडौं, कातिर्क ३ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँमा लगातारको वर्षासँगै माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार मंगलबार राति ९ बजेतिर घरमाथिबाट माटोको ढिस्को खस्दा धनवीर शाहीसहित उनको परिवारका ६ जना बेपत्ता भएका हुन् ।
पहिरोमा परि बेपत्ता हुनेमा धनबिरेसँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा रहेका छन् । घरपछाडिबाट आएको पहिरोले उनीहरु पुरिएको आंशका गरिएको स्थानीयको भनाई छ ।
हुम्लाका प्रहरीका अनुसार अहिले सेना तथा प्रहरीसहितको टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ गएको छ।
सदरमुकाम सिमकोटबाट खर्पेल गाउँ पुग्न तीन घण्टा पैदल हिँड्नु पर्छ। मुलुकभर भएको लगातार वर्षाको कारणले गर्दा ठूलो धनजनको क्षति भएको पाईन्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८ ०८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय