Kath Khabar
कञ्चनपुरमा हात्तीको आक्रमणबाट मृत्यु भएका दम्पतीको परिवारलाई २० लाख राहत दिइने

धनगढी, कार्तिक ३ । कञ्चनपुरमा हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाखका दरले राहत दिइने भएको छ।

शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट  घाइते भएका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुरालाको बुधबार बिहान मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कानुनी व्यवस्था भएअनुसार हात्तीको आक्रमणबाट ज्यान गुमाएका उनीहरूको परिवारलाई प्रतिव्यक्ति १० लाखका दरले राहत दिइने बताउनु भयो।

संघीय सरकारको वन मन्त्रालयमार्फत् राहत कोषबाट केही दिनमै राहत दिइने उहाँको भनाई छ । प्रहरीका अनुसार नजिकैको सामुदायिक वनबाट नौ÷दशवटा सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update