Kath Khabar
अबको तीन दिन सीमित स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, कार्तिक ४ । बिहीबार पनि मुलुकका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावाना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य वदली भई वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरु ( प्रदेश २, प्रदेश ५, सुदुरपश्चिम) का एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती पनि देशभरको मौसम आंशिक देखि सामान्य वदली रहने महाशाखाले जनाएको छ। राति मौसम बदली भई प्रदेश नं १ र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबारको मौसम

दिउँसो : प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य वदली र सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आन्शिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक–दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबारको मौसम

दिउँसो : देशभर आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य वदली रहने छ।  बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update