
बैतडी, कातिक ५। पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिड्नुभएको उहाँ आज बिहान १० बजे कक्स्यालीमा मृत फेला पर्नुभएको हो । उहाँको मृत्युको कारण खुल्न नसके र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो ।
यसैबीच डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृत फेला पर्नुभएको छ । सुभमको शव दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फाल्नुभएको थियो।
जयन्तीको अवस्था अझै अज्ञात रहेको छ । घटनाबारे अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।