
काठमाडौं, कार्तिक ६ । शनिबार मुलुकका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने भएको छ । शनिबार दिउँसो मुलुकभर आंशिक देखि सामान्य बदली रही वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।
वर्षा र हिमपातको सम्भावना सँगै काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा बादल लागेको कारण चिसो बढ्न पुगेको छ । बिहानको सुर्योदय राम्रो नहुदाँ काठमाडौं उपत्यका लगायतका सर्वसाधारणले चिसो बढेको अनुभव गर्नु भएको छ । प्रदेश १ ,२ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा समेत भईरहेको छ, जसले गर्दा चिसोको अनुभव भइरहेको सर्वसाधारणहरुको भनाई छ ।
शनिबार राति पनि मुलुकभरको मौसम आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आइतबार पनि भने मुलुकका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आइतबार राति पनि मुलुकको मौसम आंशिक देखि सामान्य बदली रहने छ। बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।