धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी
धादिङ, कार्तिक ७ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ। सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ६ ख १४७१ नम्बरको बसमा आज बिहान ४ बजेतिर आगलागी भएको हो। बसमा ३६ जना यात्रु रहेका थिए भने बसका सबै यात्रु सकुशल रहेका छन् ।
यसैबीच बस र बसमा रहेको सामान भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसको इञ्जिनबाट धुवाँ निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण मानवीय क्षति हुनबाट जोगिएको हो । आगलागीबाट बस पूर्ण रुपमा क्षति हुन पुगेको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :
https://www.facebook.com/100016373230654/videos/407850417715903
भिडियो स्रोत : मगर कान्छाको फेसबुकपेजबाट
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८ ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय