Kath Khabar
आज पनि पानी र पहाडी तथा हिमाली भू–भाग हिमपातको सम्भावना

काठमाडौं, कार्तिक ७ । आइतबार पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने तथा उच्च पहाडी तथा हिमाली भू–भागका सीमित स्थानमा हिमपात हुने बताइएको छ । आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। जसको असरस्वरुप सबै प्रदेशका थोरै–थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी  प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार पनि  प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक(दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै शनिबार पनि  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको थियो  भने बांकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको थियो । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update