Kath Khabar
मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्डमा पहिरो
फाईल तस्बिर

काठमाडौं, कार्तिक ८ ।  मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्ड अन्तर्गत पर्ने गोलञ्जोर गाउँपालिकाको बलेनीमा पहिरो गएको छ ।

आइतबार राति करिब एक बजेतिर खसेको पहिरोका कारण सिन्धुली सडक खण्ड भएर आवतजावत गर्ने सवारीसाधनहरु बीच बाटोमै रोकिन पुगेका छन् । वैकल्पिक सडक नहुदाँ यात्रुहरु रातभर सवारीसाधनमा बस्न बाध्य भएका छन् ।

वर्षा नभएको अवस्थामा पनि बलेनीमा ठूलो पहिरो गएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अहिले पहिरो पछाउनको लागि डोजरको प्रयोग गरिएको छ । ठूलो पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने प्रहरीको भनाई छ । पहिरो हटाउन करिब दुई घण्टा लाग्ने छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update