Kath Khabar
तालिबानले शासनसत्ता सम्हाले पछि अफगानी नागरिक नेपाल छिर्दै,  ११ अफगानी पक्राउ

काठमाडौं, कार्तिक ८ । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले सोमबार बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए । उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको पाइएको छ । अफगानीस्तानमा तालिबानले शासन हातमा लिए सँगै नेपालमा अफागनी नागरिक भित्रिने संख्या बढ्ने अनुमान गरिएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update