Kath Khabar
काठमाडौंको सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी
सांकेतिक तस्बिर

काठमाडौं, कार्तिक ९ ।  काठमाण्डौको सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी भएको छ । आगलागीबाट ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

गएराति साढे ९ बजे दीपक अर्यालले सञ्चालन गरेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगो लागेको हो । दमकल र स्थानीयबासिन्दाको सहयोगमा सवा १० बजे आगो निभाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अुनसार विद्युत् सर्ट हुँदा आगलागी भएको हो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update