Kath Khabar
कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग

मोरङ, कार्तिक १० । कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित दुई सय ४० जना कुष्ठरोगीलाई सहयोग उपलव्ध गराएको हो ।

प्रदेश नं १ का मोरङ, सुनसरी र झापाका कुष्ठरोगीलाई खाद्यान्न, उनीहरुका छोराछोरीलाई छात्रवृत्तिबापत रु ६ हजार पाँच सय तथा व्यवसाय सञ्चालनका लागि जनही रु २५ हजार उपलब्ध गराएको कार्यक्रम संयोजक देवेन्द्र डङ्गोलले जानकारी दिनुभयो । संस्थाले कुष्ठरोगीको घर–घरमा गएर उक्त सहयोग उपलव्ध गराएको हो ।

“व्यवसाय सञ्चालनका लागि प्राविधिक सहयोग समेत गरेका छौँ”, डङ्गोलले भन्नुभयो । संस्थाले समाजमा कुष्ठरोगीप्रतिको विभेद अन्त्यका लागि जनचेतना जगाउने, स्वास्थ्य सरसफाई, स्वास्थ्य सामाग्री वितरण गर्नेलगायत काम समेत गर्दै आएको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update