Kath Khabar
काठमाडौं उपत्यका सहित मुलुकभर बढ्यो चिसो

काठमाडौं, कार्तिक १० । काठमाडौं उपत्यका सहित मुलुकभर चिसो बढ्ने क्रम जारी रहेको छ । सोहि क्रममा काठमाण्डौको न्यूनतम तापक्रम बुधबार झण्डै १ डिग्री सेल्सियसले घटेको छ । मंगलबार १४ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाणडौको न्यूनतम तापक्रम बुधबार १३ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

चिसो सुरु भएकाले अब देशभरकै न्यूनतम तापक्रम घट्दै जाने मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले काठमाडौंसहित देशका धेरैजसो पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली छ । केही दिनदेखि पहाडी जिल्लामा पारिलो घाम लागेको छैन । पर्सिदेखि भने मौसम सफा भइ पारिलो घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै बुधबार तराईका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहने छ । सिमित स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना रहेको बताइएको छ । जिरी, ताप्लेजुङ, सिमरा लगायतका क्षेत्रमा भने पानी पर्ने महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update