Kath Khabar
पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन

काठमाडौं, कार्तिक ११। सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको आज बिहान निधन भएको छ ।

चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत ८४ वर्षीय लम्सालको आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । उहाँले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ ।

उहाँ स्वास्थ्य समस्याका कारण केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत थिए ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update