Kath Khabar
स्मार्ट लाइसेन्सको नयाँ आवेदनको लागि पुनः सेवा कहिले शुरु गछौं भन्न सकिदैन

 

काठमाडौं, कात्तिक १२। यातायात व्यवस्था विभागले झन्डै ६ महिनापछि स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलायो। तर आवेदन खुलाएको चार दिनमै प्राविधिक समस्या देखाएर बिहीबार साँझदेखि अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।

प्राविधिक समस्या भएको कारण ठ्याक्कै यही समयमा सेवा पुनः शुरु गर्छौ भन्न सकिने अवस्था पनि नरहेको विभागका प्रवक्ता लोकनाथ भुसाल बताउँनुहुन्छ । सिस्टममा समस्या भएपछि तथ्यांक निकाल्न समस्या भएको र पुनः सेवा कहिले शुरु गर्छौ भनेर भन्न सकिने अवस्था पनि नरहेको विभागका प्रवक्ता लोकनाथ भुसाल बताउँनुहुन्छ।

उहाँ भन्नुहुन्छ फारम भरेर पेश गरिएका आवेदनको तथ्यांक सुरक्षित छ। परीक्षा तोकिएको मितिमा नै हुनेछ।  एकैपटकमा धेरैले सिस्टममा जान खोज्दा समस्या देखिने प्रवक्ता बताउँनुहुन्छ। यसको समाधानमा प्राविधिक टोलीले काम गर्दैछ।

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update