दाङ देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं, कार्तिक १६। दाङ देउखुरीको महदेवा–सिसहनिया जोड्ने पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
रा १ प ६३४५ नम्बरको मोटरसाइकल गएराति पल्टिंदा गढवा गाउँपालिका–२ घुस्रा निवासी २१ वर्षीय समिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गोबरडिहाबाट सिसहनियातर्फ गइरहेको बेला मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८ ०९:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय