Kath Khabar
दर्जनौ ठाउँमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

काठमाडौं, कात्तिक १९। काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित गोरखा भिमसेन थापा गाउँपालिका घर हुनुभएकी २४ वर्षीया पुष्पाञ्जली भन्तनाको फर्निचर सोरुममा लक्ष्मीपूजाको दियो बालेर बाहिर गएको अवस्थामा बिहीबार साँझ आगलागी हुँदा फर्निचरका सामानहरू जलेर करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगलागीबाट सोही घरमा रहेको ३८ वर्षीय सुयोभ मैनालीको काठमाडौं कस्मेटी सर्जरी समेत जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ईलामको देउमाई नगरपालिका–२ महबिर बस्ने चन्द्र प्रसाद पौडेलको घरमा विद्युत सर्ट भई बिहीबार साँझ आगलागी हुँदा घरभित्र रहेको किराना पसल र दुध डेरीमा रहेका सामानहरू जलेर करिब ६१ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी ईलामको माङसेबुङ गाउँपालिका–२ भोटेडाँडा  बस्ने भानुभक्त राइको किराना पसलमा विद्युत सर्ट भई बिहीबार बेलुकी आगलागी हुँदा नगद १ लाख १ हजार ५ सय रुपैयाँ, बिस्कुट, चक्लेट, चाउचाउ, भुजा, बियर लगायतका सामानहरू र दुई वटा र्याकक समेत जलेर करिब ६ लाख १ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–७ ब्रहम बाबा चोक बस्ने श्याम मैनालीको घरमा लक्ष्मीपूजाको लागि बालेको दियोबाट बिहीबार राति आगलागी हुँदा सोही घरमा रहेको मिनाक्षि ट्रेडर्स ट्याक्टरको सोरुममा रहेको २ वटा ट्याक्टरमध्ये १ वटा

ट्याक्टर र मोटर पार्टसका सामानहरु जलेर करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट  भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित ईस्मत अलिको घरमा सोही नगरपालिका–११ बस्ने टेक बहादुर दाहाल र राजकुमार राउतले सन्चालन गरेको रौतारानि रिकन्डिसन हाउसमा शुक्रबार बिहान आगलागी हुँदा मोटरसाइकलहरू र घर समेत जलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका–२ सितिपुरस्थित रौतहट दुर्गाभगवती गाउँपालिका–५ गंगापिपरा बस्ने मोहम्मद नोरेन मियाँको नेपाल कपास उद्योगमा विद्युत सर्ट भई बिहीबार साँझ आगलागी हुँदा १ थान रुई बनाउने मेसिन, १ थान मोटर र कपास समेत जलेर करिब १३ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

झापाको दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिबिरस्थित सेक्टर सि१ हट नम्बर १४६ बस्ने ४८ वर्षीय अम्बर मगरको घरमा बिहीबार बेलुकी आगलागी हुँदा सेक्टर सि४ हट नम्बर १४७ बस्ने २७ वर्षीय रामचन्द्र चापागाईको घरमा समेत आगो फैलिएर दुवैजनाको घरभित्र रहेका भाँडावर्तन, लत्ताकपडा, अन्नपात र नगद जलेर करिब १० लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दोलखाको बिगु गाउँपालिका–६ आलम्पु बापाङ बस्ने चिनीमाया कामीको घरमा लक्ष्मीपूजा गरी बालेको दियोबाट बिहीबार राति आगलागी हुँदा घरभित्र रहेको नगद ५० हजार रुपैयाँ, सुन, लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर करिब १७ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

सुर्खेतको लेकबेशी नगरपालिका–२ गुमी बस्ने पबिसरा ठाडाको घरमा रहेको कस्मेटिक पसलमा बिहीबार राति आगलागी हुँदा पसलमा रहेको सामानहरु जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१० घरिअर्वा बस्ने हरेन्द्र महतोको घरमा पूजा गर्न बालेको बत्तीबाट बिहीबार राति आगलागी हुँदा घरभित्र रहेको १ थान सोफा सेट, १ थान कम्प्युटर, १ थान ल्यापटप र स्टिल दराज गरी करिब १० लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

भक्तपुरको भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिक सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने महादेव थापा र सोही नगरपालिका–१० चितापोल बस्ने सुरेश आलेमगरले संयुक्त रुपमा संचालन गरेको लेखापढी सेन्टरमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा टेबुल, कुर्सी, स्टिलको दराज, कम्प्युटर, १ थान फोटोकपी मेसिन र ४ थान सोफा जलेर करिब २ लाख ५५ हजार रुपैयाँ  बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update