Kath Khabar
सल्यानमा बस दुर्घटना: सात जनाको मृत्यु

दाङ, कात्तिक २१। सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको  ना २ ख २५५२ नं को यात्रुबाहक बस  कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका पाँच र घटनास्थमै दुई बालबालिका गरी सात जनाको मृत्यु भएको हो  ।

बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान गरिएको छ। बस सडकबाट २०० मिटर तल खसेको बताइएको छ । अहिले पनि उद्धार जारी रहेको र  मृतकका सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकीे छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update