Kath Khabar
काठमाडौं गोकर्णेश्वरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयो

काठमाडौं, कार्तिक २२ । काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालक गोकर्णेश्वर–८ का स्वछन्द पुडासैनीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा  रहेको पिपलको रुखमा ठोक्किएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update