Kath Khabar
९५ प्रहरी नायब उपरीक्षकहरुको  सरूवा

काठमाडौं, कार्तिक २५ । नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरूवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरूवा गरेको हो।

महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगन्जमा सरूवा भएको छ।

ृउहाँको सट्टामा केन्द्रीय अनुसन्धान ब्युरोका अनिल घिमिरेलाई पठाइएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, डोटीका अंगुर जिसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुर अन्वेषण योजना शाखामा सरूवा भएको छ ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा, टंगालका अनन्त राम शर्माको सिंहदरबार सुरक्षा गणमा सरूवा भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुपम श्रेष्ठको प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरूवा भएको छ।

प्रहरी नायब उपरीक्षकहरुको  सरूवा सूची, हेर्नुहोस् लिंकमा गएर

https://drive.google.com/file/d/1ew7MwAnf7EkNB9Gi2uecCDW3oCNcdI-C/view

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update