Kath Khabar
समाचारदातालाई काममा फर्काउन काउन्सिलको आग्रह


काठमाडौ, २६ कात्तिक। प्रेस काउन्सिल नेपालले समाचारदाता (स्ट्रिञ्जर) लाई काममा फर्काउन आग्रह गरेको छ। काउन्सिलले आज प्रेस विज्ञप्तिमार्फत गोरखापत्र दैनिकमा कार्यरत २८ जना समाचारदाता (स्ट्रिञ्जर) लाई काममा नलगाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूलाई तत्काल काममा फर्काउन आग्रह गरेको छ ।  

काउन्सिल अन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको हालै बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विषयमा काउन्सिलमा उजुरीसमेत परेकाले अध्ययन भैरहेको विज्ञप्तिमा जनाइएको छ ।  

यस्तै बैठकले केही सञ्चार गृहहरूले कोरोना महामारीलाई देखाएर श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराइएको र सेवाबाटै निष्कासन गरेकोप्रति पनि ध्यानाकर्षण भएकाले यस्तो कार्य गर्न/गराउन सम्वद्ध सबै पक्षसँग आग्रह गरेको बताइएको छ ।


 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update