Kath Khabar
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न मौसमविद्को आग्रह

काठमाडौं, कार्तिक २७ । शनिबार र आइतबार मुलुकको मौसम समान्यतया सफा रहने छ । मुलुकको पहाडी भू–भागमा आंशिक  बदली रही  बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने मौसम पूवानुमान महाशाखाले जानकारी दिएको छ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउन भने नागरिकहरुमा महाशाखाले आग्रह गरेको छ ।
शनिबार दिउँसो देशको पहाडी  भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै राती भने देशको पहाडी भू–भागमा आंशिक  बदली  रही  बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने छ।

 आइतबार  प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका  भू–भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update