ललितपुरको इमाडोलमा स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं, कार्तिक २८। ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनमा ज्यान गुमाउनेमा ललितपुरको लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकीको भएको ललितपुर प्रहरीले जनाएको छ ।
शनिबार राति करिब १ बजेतिर बागमती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर दुर्घटना भएको हो । स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त स्कुटर नजिकै घाइते अवस्थामा फेला परेका बुढाथोकीलाई उपचार गर्न ग्वार्कोस्थित बी एण्ड बी अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८ ०८:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय