Kath Khabar
दर्शनार्थी बोकेको बोलेरो सुनकोशी गाउँपालिकामा दुर्घटना हुँदा तीन जनाको मृत्यु, १४ घाइते

काठमाडौं, कार्तिक २९ । चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिडेका यात्रु बोकेको बोलेरो सोमबार दुर्घटना हुँदा तीन जनाको मत्यु भएको छ। अन्य १४ जना घाइते भएका छन्। सुनकोशी गाउँपालिका– ८ च्यानम हुँदै ककनीतर्फ गएको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका – ९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनामा परि घाइते भएकाहरुको उद्धार गरी अहिले उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको छ।
बोलेरोमा सुनकोशी गाउँपालिका –८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं–१० रुप्सेका स्थानीय रहेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update