
काठमाडौं, कार्तिक २९ । पछिल्लो समय मुलुकभरको तापक्रम घट्दै जाँदा चिसो बढेको छ । जुम्लामा सबैभन्दा बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव शून्य डिग्री रहेको छ , जुन मुलुकभरको सबैभन्दा कम तापक्रम हो । सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस रहेको छ। सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २२ दशमलव २ डिग्री सेल्सियस रहेको छ।
सोमबार दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।
राती भने देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ।
मंगलबार दिउँसो प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ।