वर्ल्ड लिंकको नेटको तार जोड्ने क्रममा लडेर एक व्यक्तिको मृत्यु

काठमाडौं, कात्तिक २९। नागार्जुन नगरपालिका–५ बुद्धटोल बस्नुहुने ताप्लेजुङ हारुजेल गाउँपालिका–६ घर भएका ३१ वर्षीय गोपाल कालीकोटेको लडेर आइतबार दिउँसो मृत्यु भएको छ ।
काठमाडौं महानरगपालिका–४ बालुवाटार बस्नुहुने दुर्गा बहादुर प्रधानको घरमा वर्ल्डलिंकको नेटको तार जोड्ने क्रममा घरको तेस्रो तल्लाबाट लडेर गम्भीर घाइते हुनुभएका उहाँको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८ १४:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय