भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं, कार्तिक ३०। भक्तपुरको मध्यपुरठिमी नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी चढेको बागमती प्रदेश ०३–०२७ प २३५३ नम्बरको मोटरसाइकल मंगलबार बिहान बिहान सवा चार बजे दुर्घटना हुँदा सो घटना भएको हो ।
प्रहरीका अनुसार उनको मध्यपुरथिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल अनियन्त्रित भएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८ ०७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय