Kath Khabar
मुगुको गमगढीमा भीषण आगलागी हुदाँ २१ वटा घर जलेर नष्ट
तस्बिर सौजन्य: हंस मल्ल

काठमाडौं, कार्तिक ३० । मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी हुदाँ २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ ।

गमगढीमा राति साढे १२ बजेदेखि आगो लागेको स्थानीयहरुले बताएका छन् ।

अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

उहाँकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ।गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो ।

अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरलाई भत्काएर ठाउँ खाली गर्न थालिएको छ । आगो भने नियन्त्रणमा आइ सकेको छ । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन । क्षतिको  पूर्ण विवरण भने आइसकेको छैन ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update