बन्दकर्ताद्धारा ललितपुरमा साझा बस तोडफोड

काठमाडौं, कार्तिक ३०। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् ।
ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।
बन्द गराउन खोज्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट २१ जना र ललितपुरबाट एकजना बन्दकर्तालाई पक्राउ परेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८ १२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय