Kath Khabar
११ बिघा खेतमा लगाएको गाँजा खेती फडानी गरी नष्ट

पर्सा, कात्तिक ३० । ठोरी गाउँपालिका वडा नम्बर ३ र ४  स्थित ११ बिघा खेतमा अवैध रूपमा लगाएको करिब २ लाख २० हजार गाँजाको बोटहरू सोमबार प्रहरीले फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रहरी कारवाहीको सिलसिलामा उक्त गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको हो । 

साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ठूलो क्षेत्रफलमा गाँजा लगाएको हुँदा प्रहरीलाई गाँजाको बोट फडानी गर्न धेरै समय लागेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update