अमेरिकी सहायकमन्त्री लु नेपाल आउँदै

काठमाडौं, मंसिर १। दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ।
नेपालस्थित अमेरिकी दुतवासले जारी गरेको सूचना अनुसार सहायक विदेशमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै बुधबार नेपाल आउन लाग्नु भएको हो ।
नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूलाई भेट्ने कार्यक्रम छ ।
भेटमा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने बताइएको छ ।
नेपाल आउनु अघि विदेशमन्त्री लुले सोमबार मालदिभ्सका परराष्ट्र अधिकारी र नागरिक समाजका सदस्यहरु सँग भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८ ०८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय