भैँसी बोकेको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, मंसिर १ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ हनुमानगेट नजिक भैँसी बोकेको बोलेरोको पिकअप भ्यानले ठक्कर दिंदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर–४ कालिकाटारका २४ वर्षीय अविरल रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरकले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका उनलाई हेटौंडा अस्पताल ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
उनी ना३४प ६०४४ नम्बरको मोटरसाइकलमा सबार हुदाँ भ्यानले ठक्कर दिएको थियो ।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ११९३ नम्बरको भ्यानले हेटौंडा बजारबाट रातोमाटेतर्फ मोटरसाइकललाई ठक्कर दिएको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८ ०८:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय