Kath Khabar
राहदानी विभागले दिन थाल्यो इ-पासपोर्ट


काठमाडौं, मंसिर १। राहदानी विभागले विद्युतीय राहदानी (इ-पासपोर्ट) सार्वजनिक गरेको छ। सुरुका १० दिन परीक्षणको रूपमा हेरिने भएकोले सीमित सङ्ख्यामा मात्रै राहदानी वितरण गरिने बताइएको छ। त्यसपछि भने नयाँ बनाउन आउने वा पुरानो राहदानीको समयावधि सकिएका सबैलाई ई-पासपोर्ट नै दिइने अधिकारीहरूले बताएका छन्। शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो साधारण इ-पासपोर्ट दिइएको हो।

अब अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्न नपर्ने महानिर्देशक अर्यालले जानकारी दिनुभएको छ। उहाँका अनुसार विभागले घण्टामा कम्तीमा एक हजार विद्युतीय राहदानी उत्पादन गर्नेछ।

यातायात व्यवस्था विभागका अनुसार चरणबद्ध रूपमा अबका केही वर्षभित्र मुलुकका सबै सवारीसाधनमा प्रविधिमा आधारित नयाँ नम्बर प्लेट जडान गरिसक्ने लक्ष लिइएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update