काठमाडौंको कागेश्वरीमा जमिनमुनीबाट निस्कियो ग्यास

काठमाडौं, मंसिर १। काठमाडौंको कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । स्थानीयले घर बनाउन चाहिने पानीको ब्यबस्था गर्नका बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो ।
सुरुको ४ घण्टा तिब्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलो समेत निस्किएको थियो। ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरिए नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताएका छन् ।
बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करीब १ किमि क्षेत्रमा धुलो फैलिएको थियो र साँझमा निस्किन थालेको हिलो र ढुङ्गा नजिकका घरहरुमा झरेर फोहर बनाएको छ ।
भूगर्भ विभागबाट प्रतिनिधिहरु आए पनि कुनै प्रतिकृया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८ २१:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय