Kath Khabar
काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा रहने, घाम लाग्ने

काठमाडौं, मंसिर ५ ।  काठमाडौं उपत्यकासहित देशभरका धेरै भागमा आइतबार मौसम सफा रहने छ । बिहान देखिएको तुवाँलो बिस्तारै हट्दै जाने र आकाश खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार देशका धेरै ठाउँमा घाम लाग्ने छ । प्रदेश–१ का एक÷दुई स्थानमा  फाट्टफुट्ट पानी पर्ने र प्रदेश–१ कै केही हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने बताइएको छ ।

आज हिजो अस्तिको जस्तो मौसम बद्ली हुने छैन । मौसमविद्का अनुसार अहिले नेपालमा मौसमलाई असर गर्ने खालको उल्लेखनीय प्रणाली छैन । आईतबार काठमाडौंको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री सेल्सियस छ । अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

चिसो बढ्दै गएसँगै अधिकतम तापक्रम घट्दै जान थालेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update