Kath Khabar
घर भएका जग्गाको भाउ एकै वर्षमा ४४ प्रतिशतले बढे, कर्णाली प्रदेशका जग्गाको भाउ आकासियो !

 

काठमाडौं, मंसिर ५ । नेपाल राष्ट्र बैंकले हालै गरेको घरजग्गाको मूल्य सम्वन्धि अध्ययनले  घर भएका जग्गाको भाउ एकै वर्षमा ४४ प्रतिशतले बढेको देखाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा घर भएको जग्गाको सूचकाङ्क ४४.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको निष्कर्ष छ । जग्गाको मूल्य सूचकाङ्क १५.६२ प्रतिशतले बृद्धि हुँदा  कुल घरजग्गा राष्ट्रिय सूचकाङ्क १९.७३ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा भने घर भएको जग्गाको मूल्य सूचकाङ्क ४.७४ प्रतिशतले वृद्धि  भएको र जग्गाको सूचकाङ्क १२.० प्रतिशतले बढेको राष्ट्र बैकको निष्कर्ष छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभागका प्रमुख प्रकाश कुमार श्रेष्ठ गत वर्षमा महामारीका कारण घरजग्गाको कारोबारमा केहि शिथिलता आएको र यसले घरजग्गाको मूल्यबृद्धिदर पनि केहि रोकेको बताउँछन् । आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा समग्रमा औसत मुद्रास्फीति कर्णाली प्रदेशमा २३.८८ प्रतिशत भएको देखिन्छ । अर्थात कर्णाली  प्रदेशमा सबैभन्दा बढि घरजग्गाको मूल्य बढेको छ।

त्यसैगरि प्रदेश नं. २ मा १७.४२ प्रतिशत, लुम्बिनी प्रदेशमा १४.४५ प्रतिशत, प्रदेश नं. १ मा १४.२० प्रतिशत, गण्डकी प्रदेशमा ११.८३ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ६.३५ प्रतिशत र बागमती प्रदेशमा ५.९५ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ। बैक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रदान गर्दा गरिएको घरजग्गाको धितोको बजार मूल्याङ्कनमा आधारितमा भन घरजग्गाको मूलय गत वर्ष १६.३१ प्रतिशतले बढेको देखिन्छ । जबकी अघिल्लो आर्थिक वर्षमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको थियो ।

‘आर्थिक वर्ष २०७६/७७ मा प्रदेश नं. २ मा सबैभन्दा धेरै ४३.११ प्रतिशतले मूल्य बढेकोमा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरैप्रतिशत १९.१९ मूल्य बढेको देखिएको छ ।’ राष्ट्र बैंकको रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update