काठमाडौं, मंसिर ६ । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।
देहिमाडौँबाट जन्ती लिएर सीमायलतर्फ छुटेको म १ ज ३१० नम्बरको जीप गएराति साढे ८ बजे दशरथचन्द नगरपालिका(४ को कलुवाड मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै ज्यान गएको बैतडी प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द, ६५ वर्षका तारासिंह थापा र ५८ वर्षका खेमसिंह कार्कीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जीप सडकबाट ७ सय मिटर तल खसेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनु भयो । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।