Kath Khabar
सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीबाट तीन बालकको मृत्यु
सांकेतिक तस्बिर

सिन्धुपाल्चोक, मंसिर ७ ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ ।

स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update