Kath Khabar
उपत्यका सहित मुलुकभर  चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
तस्बिर :काठखबर

काठमाडौं, मंसिर ७ ।  काठमाडौं उपत्यका सहित मुलुकभर चिसो बढ्ने क्रममा रहेको छ । जल तथा  मौसम पूर्वानुमान महाशाखाबाट मंगलबार जारी मौसम पूर्वानुमान बुलेटिनमा देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ।

हाल देशका पहाडी भू–भागमा आंशिक रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।

बुधबार प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एकरदुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार बिहीबार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागको एकरदुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update