Kath Khabar
सातादेखि हराइरहेकी महिला मृत फेला

गोरखा, मंसिर ७। गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिनुभएको छ । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिनुभएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहनुभएको थियो। उहाँलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत फेला पारिएको हो ।

तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update