Kath Khabar
भक्तपुरमा विद्युत सर्ट भई आगो लाग्दा विभिन्न धनमाल जलेर नष्ट


भक्तपुर, मंसिर ७। मध्यपुर ठिमी नगरपालिका–७ सिद्धिकाली बस्नुहुने जगत कृष्ण हेङ्जुले सञ्चालन गरको शुभ श्री बैंकेट परिसरभित्र रहेको अफिसमा विद्युत सर्ट भई  मंगलबार बिहान आगलागी हुँदा करिब १० लाख रुपैयाँ मूल्य बराबर धनमाल जलेर नष्ट भएको छ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ चुवा बस्नुहुने तुलसी याक्सोको २ वटा घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा घरभित्र रहेको सुनचाँदी, नगद, अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update